
फाइल तस्बिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक पुरानो व्यवस्थामा नफर्किने बताउनुभएको छ ।
अन्नपूर्ण गाउँपालिका–३, स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्किने बताउनुभयो ।
उहाँले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्