
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमाँदारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गर्नुभएको छ ।
मंगलबार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउामा आइपुगेको बताउनुभयो । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ छ ।
वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्