२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


वाम एकता भइहाल्ला भन्नेकुरामा आश्वस्त छैन : पूर्वराष्ट्रपति भण्डारी


1.144k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको बताउनुभएको छ ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताउनुभयो । उहाँले पार्टी-पार्टीहरूको बीचमा विश्वासको ठूलो सङ्कट देखिएको जिकिर गर्नुभयो । उहाँले मुलुकमा जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट देखिरहेको बताउनुभयो । उहाँले देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकता साथ अगाडी बढे राष्ट्रलाई राम्रो बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै कुनै गुटगत राजनीति समेत नगरेको बताउनुभयो ।