
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो आग्रह गर्नुभएको हो ।
समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ ।
छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो रु त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताउनुभयो । तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताउनुभयो । संवेदनशीलताको नाममा सदैव जटिलतामा नागरिकलाई पारिरहने काम गर्न नहुने बताउनुभयो ।
उपसभापति खड्काले एनआरएनएका लागि पनि नागरिकता सम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्