२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


गाउँ रित्तो भइसक्यो : सभापति देउवा


3.094k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउनुभयो । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनुभयो । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनुभयो ।

सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउनुभयो । हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको बताउनुभयो । उहाँले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताउनुभयो । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताउनुभयो । जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको बताउनुभयो ।

सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउनुभयो । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनुभयो ।