
काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सरकार र जनप्रतिनिधिप्रति आशाको दृष्टि राख्ने जनताप्रति सबै राजनीतिक दलको उत्तरदायित्व बराबर हुने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले मनसुन शुरु भइरहेको र बाढी,पहिरो आउन थालिसकेको अवस्थामा बजेट पास नहुँदा जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुनुपर्ने अवस्था आउने बताउनुभएको हो । उहाँले जतिसुकै आदर्शका कुरा गरेपनि आपूmले गरे ठिक अर्काले गरे बेठिक हुने भनेर अगाडि बढ्दा गन्तव्यमा पुग्न नसकिने स्पष्ट पार्नुभयो ।
विभिन्न समयमा भएका आन्दोलन र त्यसमा सहादत प्राप्त गरी ल्याइएको व्यवस्थामा आपूm र आफ्ना लागिमात्र लडिरहँदा जनताले हामीप्रति गर्ने कटाक्ष स्वभावतः ठीक हुने सांसद भट्टको भनाई थियो । लोकतन्त्रवादीहरुले इगो प्रबलमका कारण यो व्यवस्थाप्रति टाउको हल्लाउनेहरुलाई बल पु¥याउने काम गरिरहेको भन्दै सांसद भट्टले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले आपसमा मतभेद रहनु स्वाभाविक भएपनि एक अर्काप्रति धारेहात लगाउने र सत्तो सरापमा लाग्दा अब गणतन्त्रको जिम्मा कसले लिने रु भन्दै प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्