
रसुवा, असार ६ । रसुवाको ठूलोस्यार्पुदेखि ठूलोभार्खुसम्मको सडकको स्तरोन्नतिको काम फेरि थालिने भएको छ ।
स्थानीय जनप्रनिनिधि, सडक डिभिजन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज र स्थानीयवासीबीचको बहुपक्षीय वार्तापछि काम थालिने भएको हो । ठूलोभार्खुदेखि ठूलोस्याफ्रुसम्मको ९ किलोमिटर सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन नगरी ठेक्का दिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जले स्तरोन्नतिमा रोक लगाएको थियो ।
निकुञ्जले सडक स्तरोन्नतिमा रोक लगाएपछि स्थानीयले निकुञ्ज घेरेका थिए । चार बुँदे सहमतिअनुसार बिहीबारबाट काम शुरु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्