२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


पाशुपत विश्वकोषको विमोचन


221
Shares

काठमाडौं । पाशुपत विश्वकोषको विमोचन गरिएको छ ।

सोमबार काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच पाशुपत विश्वकोषको विमोचन गरिएको हो ।

प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडा एवं डा. प्रदीप ढकालले लेख्नुभएको हो ।

पुस्तकमा पाशुपत क्षेत्रको महत्व बुझ्न सहज होस् भनेर विश्वकोष लेखिएको लेखकहरुको भनाइ छ । कार्यक्रममा बोल्दै लेखक प्राध्यापक डाक्टर सोमप्रसाद खतिवडाले पुस्तक प्रकाशन गर्न प्राविधिक कारणले पाँच वर्ष लागेको बताउनुभयो । शिव, शिवजी, शिव परिवार, पशुपति, पशुपतिनाथ के हो ?, किन शिवलिंग पूजा हुन्छ रु लगायतको विषयमा स्पष्ट पारिएको बताउनुभयो । पशुपतिनाथको प्रसाद खान हुँदैन भन्ने गरिएको र खानुहुन्छ की हुँदैन भन्नेकुरा पुस्तकममा लेखिएको बताउनुभयो ।

उहाँले शिव भगवान व्रह्म रहेको बताउँदै शरीरको रुप नलिने व्रह्म रहेको बताउनुभयो ।