२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेन : अध्यक्ष दाहाल


1.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक)प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताउनुभएको छ ।

माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताउनुभएको हो । माओवादी नेतृत्वको सरकारले रिटर्नीहरूका लागि विशेष प्याकेज कार्यक्रम अघि सारेको भएपनि सरकार परिवर्तनपछि उक्त कार्यक्रमको बजेट अन्यत्र सारिएको जानकारी आफूले पाएको दाबी गर्नुभयो । विदेशबाट फर्किएका नागरिकको योगदानको कदर गर्दै सरकारले विषेश योजनाहरु ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले मुलुकको आर्थिक र सामाजिक विकासका लागि रिटर्नीहरुको महत्वपूर्ण भुमिका रहेको पनि बताउनुभयो ।