
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले खेल क्षेत्रमा राज्यले अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सिमित नरहेको बताउँदै सामाजिक सभ्यता, अनुशासन, देशको पहिचान र प्रतिष्ठासँग जोडिएको र आर्थिक समृद्धिको लागि पनि खेल क्षेत्रको भुमिका र महत्व बढ्दै गएको बताउनुभयो । राज्यले खेल क्षेत्रलाई अझ बढी बजेटको व्यवस्था गर्नुपर्ने र खेलाडीहरुको भविष्यप्रीत गम्भीर र सजग हुनुपर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रमा अहिल केही समयदेखि निरन्तर नेपालमा प्रगति भइरहेको बताउनुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदकहरुको वर्षा भएको जिकिर गर्नुभयो ।
शारीरिक सुगठनको विधा अरु भन्दा च्यालेन्जिङ रहेको अध्यक्ष दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्