
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताउनुभएको छ ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताउनुभएको हो । उहाँले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताउनुभयो । कार्यक्रममा मन्त्री अधिकारीले छ दशकपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदबाट पारित भई गत साउनदेखि कार्यान्वयनमा आएको मन्त्री अधिकारीको भनाइ थियो ।
मन्त्री अधिकारीले संयुक्त राष्ट्रसंघले यसवर्षका लागि तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्