२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


चुनौतिको सामना गर्छु : अध्यक्ष नेपाल


975
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभएको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टीको भुमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु आत्तिएको बताउनुभयो । उहाँले पार्टीको भुमिका देखेर आतंकित भएको बताउँदै पूर्वाग्रह राखेर मुद्दा चलाएको बताउनुभयो । आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए,देश र जनतालाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताउनुभयो । आफूमाथिको चुनौतिको सामना गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले असल उद्देश्यका गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको दाबी गर्नुभयो । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने बताउनुभयो ।