२३ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 7 2025


सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या


1.456k
Shares

काठमाडौं । डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ ।

डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।