
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले प्रतिपक्षीको निरन्तरको अवरोधका कारण बजेटमाथिको बहस प्रभावित हुनुको साथै महत्वपूर्ण विधेयकहरु अघि बढाउन नसकिएको बताउनुभयो । संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निजामति विधेयक पास गर्ने विषय पनि प्रतिपक्षीको अवरोधका कारण रोकिएको उहाँको भनाइ छ ।
भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । निरन्तरको संसद अवरोधका कारण अगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्