२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


जीव र जगतलाई शुद्ध राख्नसके वातावरण सधैं सफा रहन्छ : महान्यायाधिवक्ता बडाल


299
Shares

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले जीव र जगतलाई शुद्ध राख्न सकेमा वातावरण सफा रहने बताउनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित प्लाष्टिक प्रदुषण, रोकथाम र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै महान्यायाधिवक्ता बडालले वातावरण सफा राख्न जगतलाई सुरक्षा गरिरहँदा जीवलाई आवश्यक पर्ने कुरामा नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो । जीवको आधारभुत आवश्यकता पूरा गर्नका लागि हुने विकास निर्माणका क्रममा केही सम्झौता गर्नुपर्ने बताउँदै उहाँले कानूनका कारण पाइला पाइलामा रोकिनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले शुरुमा प्लाष्टिकका उत्पादनहरु आउँदा वातावरणमैत्री आयो भनेर स्वागत गरेपनि दीर्घकालमा यसले वातावरण प्रदुषणमा नकारात्मक प्रभाव पारेको बताउनुभयो । उहाँले प्लाष्टिकको प्रयोग हुँदा रुख काट्ने काम कम हुने र वातावरणमा सकारात्मक प्रभाव पार्छ भनेर बुझ्नु नै गलत भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले प्लाष्टिक उत्पादनमा सरकारी नीति सकारात्मक र प्रभावकारी कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । अध्यक्ष मिश्रले विगतमा गोष्ठी तथा सेमिनारहरुमा बेत, बाँसबाट बनेका हस्तकलाका सामानहरु वितरण गर्ने प्रचलन चलेपनि अहिले रोकिएको बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि कानुन व्यवसायीहरुले खेल्नुपर्ने भूमिकाबाट कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहभागीहरुले प्लाष्टिकको प्रयोगले वातावरणमा पारिरहेको प्रभाव र यसको न्युनिकरणमा गर्न राज्यले निर्वाह गर्नुपर्ने भुमिका र कानूनी पक्षलाई सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।