२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैन : सांसद भण्डारी


676
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भण्डारीले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताउनुभयो । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताउनुभयो ।