२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता लिनुपर्दैन : मन्त्री अधिकारी


338
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन किसानलाई आग्रह गर्नुभएको छ ।

नेपाल मौरी पालक महासंघको आायेजनामा बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छैटौँ राष्ट्रिय मह मेलाको उद्घाटन गर्दै मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । गुणस्तरीय मह उत्पादन गरेपछि बजारीकरणको समस्या नहुने बताउनुभयो । वित्तीय संस्थाहरुले लगानीका लागि वातावरण तयार गरिदिने हो भने मह उत्पादनका लागि समस्या नहुने उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले मह उत्पादक किसानलाई परेको समस्याको समाधान गर्नका लागि सरकारले आवश्यक काम गर्ने प्रतिवद्धता जनाउनुभयो । आफूले उत्पादन गरेको चिजलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । महमा आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले गुणस्तरीय मह उत्पादन गर्नसके बजारको चिन्ता गर्न नपर्ने बताउनुभयो । उहाँले मिसावट भएको खण्डमा भने बजारको अभाव रहने बताउनुभयो । मेला आजबाट जेठको २४ गतेसम्म सञ्चलन हुनेछ ।