२ असार २०८२, सोमबार | Mon Jun 16 2025


बजेट सकारात्मक र कार्यान्वयनयोग्य छ : सांसद भट्टराई


286
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको बताउनुभयो । बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद भट्टराईको भनाइ छ ।

विदेशी विद्यार्थीहरुलाई अध्ययनका लागि आकर्षित गर्ने सरकारको योजना स्वागतयोग्य रहेको सांसद भट्टराईको भनाइ छ ।