२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


संसद अब त खुल्नुपर्ने हो : देउवा


5.746k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताउनुभएको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले का.ग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताउनुभयो । उहाँले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताउनुभयो । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गर्नुभयो ।

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गर्नुभयो ।