२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन : प्रधानमन्त्री ओली


364
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताउनुभयो । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।