Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बजेटले आर्थिक सुशासनको प्रतिवद्धता जनाउनुपर्छ : कमला पन्त


286
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले मुलुकमा सुशासन कायम हुन नसक्दा देश आर्थिक रूपमा संकटमा फसेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले थोरै पुँजीले पनि धेरै काम गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि सुशासन अभावको कारण मुलुकको विकास हुन नसकेको बताउनुभयो ।

सांसद पन्तले मुलुकको समृद्धि सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सुशासन कायम गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुशासन कायम गर्न ठोस र स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमो जोड दिनुभयो ।

सांसद पन्तले मुलुकको अर्थतन्त्रको सबलिकरणका लागि सरकार सकारात्मक हुनुपर्ने बताउनुभयो ।