२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको अर्थमन्त्रीको दाबी


403
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्षको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानमाथि छलफल गर्ने प्रश्तुत गर्दै अर्थमन्त्री पौडेलले राजस्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता र कार्यान्वयनमा समस्या देखिने विगतको अनुभवको गम्भिर भएर आय र व्ययको अनुमान गरिएको बताउनुभयो । उहाँले चालु खर्च घटाउने तथा पुँजीगत खर्च बढाउने गरी बजेट निर्माण गरिएको बताउनुभयो । गत आर्थिक वर्षको अर्थतन्त्रका केही तथ्यांकहरु उल्लेख गर्दै मन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य रहेको दाबी गर्नुभयो ।

बजेटले उत्पादन, उत्पादकतव वृद्धि, युवा स्वरोजगार र बैंकिङ भुक्तानीमा लाग्ने भ्याट खारेज लगायत महत्वपूर्ण प्रबन्धहरु गरिएको उल्लेख गर्नुभयो । बजेटले आयोजना कार्यान्वयनको क्षमता बढाउने अर्थमन्त्री पौडेलको विश्वास छ ।