२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


पूर्वाधार निर्माणमा बेमानी भयो भने निर्मम तरिकाले सजाय दिनुपर्छ : उपाध्यक्ष अधिकारी


351
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले अनुगमन तथा मूल्यांकनमा आफूहरु निर्मम भएर लाग्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले बजेटमा तीन करोड मुनिका आयोजना नराख्न आयोगले धेरै मेहनत गरेर सफल भएको बताउनुभयो । कानूनहरु सहजीकरण गर्नका लागि बनाइनुपर्ने भन्दै बद्मास भए निर्मम तरिकाले सजाय दिनुपर्ने माग गर्नुभयो ।

उपाध्यक्ष अधिकारीले अब स्रोत सुनिश्चित भएका आयोजनाहरुको अनुगमन र मूल्यांकनमा आफू निर्मम हुने बताउनुभयो । उहाँकाअनुसार निर्माण व्यवसायी पहिल्यै बद्मास हुन्छन् भनेर कानून बनाइँदा समस्या भएको समेत बताउनुभयो ।