२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि हो : अध्यक्ष थापा


663
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि भएको दाबी गर्नुभएको छ ।

राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुद्वारा सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सुशासन र राजसंस्था पुनःस्थापना निमित्त सुशासनकै माध्यमबाट आर्थिक समृद्धिका लागि जनआन्दोलन भइरहेको दाबी गर्नुभयो ।

अध्यक्ष थापाले जनआन्दोलनमा देखिएको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको र विचलित भएको बताउनुभयो । उहाँले प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौैं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न सरकार बाध्य भएको दाबीसमेत गर्नुभयो । उहाँले निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुन्छ भनेर सोचेको हो भने त्यो भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गर्नुभयो ।

अध्यक्ष थापाले जनआन्दोलनका क्रममा सरकारले लिएको दमनको नीतिको निन्दा गर्दै आपूmहरुले निषेधित क्षेत्र नतोडेको र कानुनको समेत उल्लंघन नगरेको दाबी गर्नुभयो ।