
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सिमित हुन नहुने बताउनुभयो । उहाँले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताउनुभयो । उहाँले सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतिहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उहाँको जोड छ ।
नेपाल प्राकृतिक स्रोत र साधनको धनि भएको भएपनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसरहरु गुमाइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्