२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित


689
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयमा सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै नबसी स्थगित गरिएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएकोमा दलहरुबीच कुरा नमिलेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यस बीचमा सभामुख देवराज घिमिरेले विपक्षी दलहरुसंग पटक पटक वार्ता गरे पनि सहमति जुट्न सकेन । सत्ता पक्ष गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडानमा रहेको छ भने विपक्षीहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन भनेका छन् । त्यसमाथि विपक्षी दलहरुले २०६४ साल यता भिजिट भिसा मार्फत भएको भ्रष्टाचार छानविनका लागि आयोग बनाउनुपर्ने माग समेत अघि सारेका छन् ।