२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


न्याय किन्न पाइन्छ भन्ने मान्यतालाई विधेयकले नियन्त्रण गर्छ : सांसद प्रधान


754
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले न्याय किन्न पाइन्छ भन्ने विषयलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले अहिले पीडित पक्षहरूले न्याय किन्न पाइन्छ भन्ने विषयलाई नियन्त्रण गर्न शुल्कहरू निर्धारण गर्ने गरी विधेयक आएको बताउँदै यो अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद प्रधानले सम्पन्नता नभएका पीडितहरूले न्यायको अनुभुति गर्ने अवस्था नरहेको बताउँदै वकिल तथा अधिवक्ताले लिने शुल्कलाई पारदर्शी बनाउने गरी विधेयक तयार भएको बताउनुभयो । उहाँले मन्त्रालयले पीडितहरूलाई विशेष रूपमा चासो दिएको दिएको जिकिर गर्नुभयो । सांसद प्रधानले पीडितलाई न्यायालयमा पु¥याउनको लागि वकिल तथा अधिवक्ताहरूले लिने शुल्कलाई विधेयकले नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद प्रधानले विधेयकमा उल्लेख गरिएका कानून व्यवसायीहरूको स्तर वृद्धि लगायतका विषयहरू अति महत्वपूर्ण र समय सान्दर्भिक भएको जिकिर गर्नुभयो ।