२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


विपक्षी दलहरुलाई ओलीको चेतावनी – ज्यादती अब सह्य हुँदैन, संसद चल्छ


3.835k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिनुभएको छ ।

संसदीय दलको बैठकमा सोमबार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताउनुभयो । उहाँले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताउनुभयो ।

गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताउनुभयो । मंगलबारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपछि कारबाही अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताउनुभयो ।