
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन डढेलोको रोकथाम तथा सचेतनाका लागि समुदायस्तरमा सचेतना अभियान सञ्चालन गरिने बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई कानूनको दायरामा ल्याउन सूचना दिने र निभाउन योगदान गर्ने व्यक्ति तथा समुदायलाई पुरस्कृत गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्