
काठमाडौं । आगामी आर्थिक वर्षमा ५ लाख भूमिहिन परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
जग्गाको लगत संकलन र प्रमाणिकरणको प्रक्रिया सम्पन्न गरी प्रमाण पुर्जा वितरण अर्थमन्त्री पौडेलले जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न आवश्यक आर्थिक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार सरकारले अगामी आर्थिक वर्षमा कृषियोग्य जमिन बाँझो राख्न नपाइने नीति लिने छ ।
अर्थमन्त्री पौडेलले सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिकत तथा संरक्षण गरिने बताउनुभयो । कृषियोग्य भुमिको प्रभावकारी उपयोगका लागि भूमि बैंकसम्बन्धी कानूनी तथा संस्थागत संरचना निर्माण गरिने मन्त्री पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्