२ असार २०८२, सोमबार | Tue Jun 17 2025


एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् : झलनाथ खनाल


3.315k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताउनुभएको छ ।

१८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मानित नेता खनालले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताउनुभयो । उहाँले एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोजिरहेको तर्क राख्नुभयो ।

सम्मानित नेता खनालले देश अहिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले सङ्कटग्रस्त रहेको जिकिर गर्नुभयो । उहाँले मुलुकको राष्ट्रियतामाथि लगातार वाह्य हस्तक्षेपहरू भइरहेका धारणा राख्नुभयो । सम्मानित नेता खनालले मुलुकमा कृषि, उद्योगधन्दा विकास गर्न नसकिएको बताउँदै शिक्षामा समेत अराजकता मौलाएको बताउनुभयो । उहाँले २०२८ सालको शिक्षा ऐन अहिलेसम्म चलिरहेको बताउँदै नयाँ ऐन आउन नसकेको बताउनुभयो ।

सम्मानित नेता खनालले सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेको समेत बताउनुभयो ।