१६ जेष्ठ २०८२, शुक्रबार | Fri May 30 2025


असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुँदै


351
Shares

काठमाडौं । असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुने भएको छ ।

इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कन्फ्रेन्स आयोजनाको मुल उद्देश्य विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गर्नु रहेको बताउनुभएको हो । उहाँले कन्फ्रेन्सबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुने दाबी गर्नुभयो ।

यसको मूल उद्देश्य फिल्ड इपिडिमियोलोजी ग्राजुएट फिल्डमै रहने र उहाँहरुलाई गएर महामारी रोकथाममा काम गराउन मद्दत पुग्ने डा. झाको भनाइ छ ।

उहाँले खासगरी छिमेकी मुलुकमा विभिन्न समयमा देखिने महामारी र त्यसले पार्ने असरबारे बृहत छलफल हुने जानकारी दिनुभयो ।