
काठमाडौं । २०६४ सालको संविधान सभा चुनाव अघि इट्टा भट्टामा जिउँदै मान्छे हालेर हत्या गरेको आरोपमा कारागारमा रहँदै आएका नेपाली कांग्रेसका नेता मोहम्मद अप्mताव आलमलाई उच्च अदालतले सफाई दिएको छ ।
रौतहट जिल्ला अदालतले दोषी ठहर गरी कारागारमा रहेका आलमलाई विराटनगर उच्च अदालतको बीरगञ्ज ईजलाशले सफाइ दिएको हो ।
न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलाशले आलमलाई सफाइ दिने फैसला गरेको हो । आलममाथिको आरोप पुष्टि हुन नसकेको जिकीर गर्दै इजलाशले सफाइ दिएको हो ।
२०६४ साल चैत २८ गतेको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन चैत २७ गते रौतहटको राजपुरस्थित इँटा भट्टामा जिउँदै पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटना भएको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई २०७६ साल असोज १९ गते पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरलगायत घाइते भएपछि उनीहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा रौतहट जिल्ला अदालतले दोषी ठहर गरेको थियो । आलम जेल परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पटक पटक आलमलाई छुटाउने उद्घोष गर्दै आउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्