२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : कल्याण श्रेष्ठ


1.599k
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्याय बलियालाई नभइ असहायलाई चाहिने बताउनुभयो । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताउनुभयो । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने बताउनुभयो । राज्यको फाउण्डेशनको आधार नै न्याय भएको बताउनुभयो । न्यायको पाना च्यातिन नहुनेतर्फ सचेत गराउनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अख्तियारीले नभइ विश्वासले नबाच्ने बताउनुभयो । न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका बाच्ने बताउनुभयो ।