१४ जेष्ठ २०८२, बुधबार | Wed May 28 2025


मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्य


793
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग हुने प्रदर्शनले पनि टोलीको आगामी भविष्य निर्धारण हुने भएकाले मैत्रीपूर्ण खेलमा सुखद् नतिजा ल्याउने लक्ष्यसहित खेल्ने बताएका छन् ।

थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेल खेल्न जान आयोजना गरिएको बिदाई कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक तामाङले वर्तमानको प्रदर्शनले पनि भविष्यबारे निर्धारण हुने भएकाले अहिले राम्रो गर्न चुनौती हुने बताएका हुन् । उनले दुई जना खेलाडीहरू अहिले विदेशमा रहेको र एकैपल्ट थाइल्याण्डमा नै टिममा जोडिने उल्लेख गरेका छन् । उनले थाइल्यान्डको खेलहरू हेरेको र विपक्षी धेरै बलियो रहेको बताएका छन् । थाइल्याण्डको खेलबारे खेलाडीले पनि मूल्यांकन गरिसकेको उनी बताउँछन् । त्यहीअनुरूप मैदान पनि तयारी गरेको उल्लेख गर्दै प्रशिक्षक तामाङ मैदानमा कस्तो नतिजा आउँछ भन्ने चाहीँ हेर्न बाँकी रहेको बताए । यद्यपि, तयारी राम्रो रहेको उनको विश्वास छ ।

सबै खेलाडीहरू आफूलाई प्रमाणित गर्नुपर्छ भनेर प्रोत्साहित भैरहेकाले सुखद प्रदर्शनको अपेक्षामा रहेको प्रशिक्षक तामाङ बताउँछन् । एन्फाले पनि अब प्रो लाइन्सस भएको प्रशिक्षक भित्राउने तयारी रहेकाले अब हुने प्रदर्शनले पनि नयाँ प्रशिक्षकका लागि योजना कार्यान्वयन गर्न सहज हुने उनले बताएका छन् । त्यसका लागि थाइल्यान्डविरुद्ध राम्रो नतिजा या प्रदर्शन गर्नुपर्ने प्रशिक्षकले उल्लेख गरे । प्रशिक्षक तामाङले केही खेलाडी विदेशमा पनि खेलेर आउँदा छुट्टै उत्साह लिएको आएको बताए । अहिले टोलीको डिफेन्स रणनीतिमा कमजोरी सुधार आएको प्रशिक्षक तामाङले उल्लेख गरेका छन् ।

डिफेन्स र गोलकिपरबीच तालमेल अभाव सुधार भयो भने थाइल्यान्डविरुद्ध राम्रो नतिजा आउनेमा उनी विश्वस्त छन् । फिफाको विश्व वरीयतामा ४७औं स्थानमा रहेको टोली थाइल्याण्डविरुद्ध राम्रो नतिजा ल्याए खेलाडी र टोलीको आत्मबल पनि बढ्ने उनको आशा छ । प्रशिक्षक तामाङले मैत्रीपूर्ण खेल भएकाले केही खेलाडीलाई अवसर दिने सम्भावना रहेको बताए । तर, टोलीको मुख्य लक्ष्य एएफसी वुमन्स एसियन कप २०२६ क्लालिफायरमा कसरी राम्रो खेल्न सकिन्छ भन्ने रणनीतिका साथ खेल्ने मैत्रीपूर्ण खेलमा उत्रने बताएका छन् । जित या हार दोस्रो पक्ष रहेको र टोलीको लक्ष्य नै एएफसी वुमन्स एसियन कप २०२६ क्लालिफायरतर्पm केन्द्रित भएर तयारी गर्ने प्रशिक्षकले उल्लेख गरेका छन् ।

नेपाली टोलीकी कप्तान एन्जिला तुमबाप्पो सुब्बाले पहिलोपल्ट फिफा वरीयतामा धेरै माथि रहेको टोलीसँग खेल्न लागेकाले उत्कृष्ट तयारी गरेको बताएकी छन् । तर, एएफसी वुमन्स एसियन कप २०२६ क्लालिफायरका लागि ध्यान दिएर खेल्ने लक्ष्य रहेको उनको भनाइ छ । तयारीका क्रममा अहिले नै नेपालको उत्कृष्ट ११ बनी नसकेको उनले उल्लेख गरे । मिडफिल्डमा बलियो रहे पनि गोलकिपर डिफेन्सबीच तालमेल अभाव रहेको कप्तान एन्जिलाले स्विकार गरेकी छन् । तर, यसपल्ट यसमा सुधार हुने उनको अपेक्षा गरेकी छन् । टिम स्पिरिट नै बलियो पक्ष रहेको कप्तान एन्जिलाको विश्वास छ । विदेशी लिग र स्वदेशमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी सम्मिलित टोली बनेकाले थाइल्यान्डविरुद्ध राम्रो नतिजाको अपेक्षामा कप्तान एन्जिला छिन् ।

उनले एएफसी वुमन्स एसियन कप २०२६ क्लालिफायर नजिक प्रो लाइसेन्स भएको प्रशिक्षक आउँदा धेरै प्रभावकारी बन्न नसक्ने उल्लेख गरेकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको बिदाई कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र केन्द्रीय सदस्य सरिला श्रेष्ठलगायतले नेपाली महिला फुटबल टोलीलाई बिदाई गरे । एएफसी वुमन्स एसियन कप २०२६ क्लालिफायरको तयारीस्वरूप थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । सोही मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय नेपाली टोलीका घोषणा गरिसकेका छन् । गोलकिपर अञ्जिला तुमबापो सुब्बाको कप्तानीमा रहेको टोलीमा अधिकांश पुरानै अनुहार छन् ।