
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिनुभएको छ ।
मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरुसँग जानकारी लिनुभएको हो । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ । यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ ।
प्रधानमन्त्री ओलीसँगै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विभागमा गएर मौसम पूर्वानुमानबारे जानकारी लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्