१ असार २०८२, आइतबार | Sun Jun 15 2025


संविधान संशोधन गर्दा बजेट घोषणा गर्ने दिन सार्नुपर्छ : प्रधानमन्त्री ओली


18.057k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका क्रममा बजेट घोषणा गर्ने दिन सारिने बताउनुभएको छ ।

सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस सार्न नमिल्ने भएपनि बजेट ल्याउने दिन भने सार्न सकिने बताउनुभयो । बजेट ल्याउने दिन पनि जेठ १५, गणतन्त्र दिवस पनि जेठ १५ गते पर्दा धेरै समय गणतन्त्र दिवसलाई दिन नसकिएको बताउनुभयो । उहाँले त्यसका लागि बजेट घोषणा गर्ने दिन संशोधन गर्नुपर्ने बताउनुभयो । बजेट ल्याउने दिन संविधानबाट संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।

गणतन्त्र दिवस संविधान जारी गर्नुपूर्व नै मनाउन थालिएकाले विचार गरेर जेठ १५ मा बजेट घोषणाको मिति राख्न नसकिएको बताउनुभयो ।