१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी : अध्यक्ष ढकाल


234
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताउनुभएको हो ।

नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको अध्यक्ष ढकालको भनाइ छ । उहाँले नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताउनुभयो । उहाँले सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत बताउनुभयो ।

अध्यक्ष ढकालले पर्यटन प्रवद्र्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पु¥याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।