९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


कांग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छ : उपसभापति खड्का


1.872k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले एमाले र कांग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै कांग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न कांग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनुभयो । उहाँले कांग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताउनुभयो ।

उपसभापति खड्काले परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिति, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताउनुभयो । एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगितको कुरा समेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर हामी सरकारमा सहभागी रहेको बताउनुभयो । सरकारसँग रहेको गुनासाहरु सम्बोधन गर्दै जाने बताउनुभयो ।

उपसभापति खड्काले अहिलेको परिस्थिति सम्हाल्न नसके कसैले सम्हाल्न नसक्ने बताउनुभयो ।