९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


नवनियुक्त गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट


7.189k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ

अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समितिका सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ को शैलीमा उमेदवार निश्चित गरेर अर्को समिति गठन गरी गभर्नरमा सिफारिस गरिएको दाबी गर्दै रिटका लागि निवेदन दिएका हुन ।

रिट निवेदनका विषयमा अध्ययन भइरहेको र आवश्यक प्रक्रिया पूरा गरेपछि दर्ता हुने÷नहुने निर्णय गर्ने सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा गभर्नर पौडेलले प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, अर्थशास्त्रको इतिहास अध्ययन गरेको र कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेको भन्दै गभर्नर बन्न उनको योग्यता नपुग्ने दाबी समेत गरिएको छ ।

गभर्नर नियुक्ति प्रक्रियाले सुशासनको खिल्ली उडाएको तर्क पनि रिट निवेदनमा गरिएको छ ।