९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


जेठ १२ गते शहीद स्मृति महिला सेभेन्स रग्बी च्याम्पियनसिप


234
Shares

काठमाडौं । शहीद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिप अर्को साता हुने भएको छ ।

शहीद स्मृति स्पोटर््स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनामा आगामी जेठ १२ गते शहीद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिप हुन लागेको हो ।

प्रथम शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी, ब्याडमिन्टन, फुटसल र तेक्वान्दो गरी चार खेलको राष्ट्रिय च्याम्पियनसिप हुँदैछन् । शहीद स्मृति स्पोटर््स एकेडेमी र नेपाल रग्बी संघले शुक्रवार संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला रग्बी च्याम्पियनसिपबारे जानकारी दिएको हो ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । संघ र एकेडेमीले महिला रग्बीका प्रतियोगिता कम हुने भएकाले पनि यसपल्ट महिला सेभेन्स रग्बी आयोजना गरिएको उल्लेख गरेको छ ।

यस पाँच प्रदेश कोसी, मधेश, बागमती, कर्णाली, सुदूरपश्चिम तथा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपिएफ गरी सात वटा टोलीले प्रतिष्पर्धा गर्दैछन् । यी टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ । संघका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक अधिकारीले यस प्रतियोगिताका लागि सबै खेलाडीको एक लाख २५ हजार रुपैयाँको खेल दुर्घटना बीमा गरिएको छ । यस प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफी प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले सात हजार रुपैयाँ र ट्रफी पाउनेछ । रग्बी संघका कोषाध्यक्ष अधिकारीले लुम्बिनी र गण्डकी भने तयारी अभावका कारण सहभागी हुन नसकेको उल्लेख गरे ।

संघका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक अधिकारीले यस प्रतियोगिताका लागि करिब १९ लाख खर्च हुने जानकारी दिए । शहीद स्मृति स्पोटर््स एकेडेमीका कोषाध्यक्ष बालकृृष्ण केसीले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र शहीद स्मृति परिषदको सहकार्यमा शहीद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न लागेको बताए ।

साथै उनले यसै राष्ट्रिय खेलकुदअन्तर्गत हुने महिला रग्बी च्याम्पियनसिपका लागि एकेडेमीले ११ लाख रुपैयाँ दिने जानकारी दिए । तर बाँकी आवश्यक बजेटका लागि भने संघले नै व्यवस्थापन गर्ने उनले उल्लेख गरे । एकेडेमीका कोषाध्यक्ष केसीले फुटसल र ब्याडमिन्टनका खेल भने झापामा नै आयोजना हुने जानकारी दिए ।

तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता भने काठमाडौंमा नै आयोजना गरिने भएको छ ।