
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको छ ।
शनिबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले निलम्वित सांसदद्वय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभएको हो । बैठकमा सभापति देउवाले राख्नुभएको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले घिमिरे र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाउनुभएको र सभापति देउवाले जवाफ दिनुभएको बताउनुभयो ।
उहाँकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराउनु भयो । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरुले काँग्रेसका निलम्वित सांसदद्वय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए ।
माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पार्नुभयो । कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्