
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सफल मन्त्री हुन नसकेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क २ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा अलि हल्ला गरेको तर अहिले मन्त्री बन्दा हल्ला गर्न नसकेको बताउनुभयो । आफूले सोझो हुँदा पनि नतिजा आउन नसकेको आफ्नो ठम्याइ रहेको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले सफल मन्त्री हुन नसक्दा अहिल केही आक्रोश रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्