
काठमाडौं । नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराउनुभएको हो ।
प्रवक्ता बुढाथोकीले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरु विक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रीले बाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको जानकारी दिनुभयो ।
समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । साथै उहाँले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिनुभयो ।
प्रवक्ता बुढाथोकीले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड लगायतका विषयमा अनुगमनका लागि पनि समिति गठन गरिएका जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्