 
	    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको आरोप लगाउनु भएको छ ।
माओवादी पार्टीले आजदेखि शुरु गरेको मध्यपहाडी लोकमार्ग अभियानको आज वैतडीको पाटनबाट शुरुवात गर्दै दाहालले बर्तमान सरकार सुशासनको खिलाफमा अगाडि बढिरहेको आरोप पनि दोहो¥याउनुभयो ।
राष्ट्र बैंकको गभर्नर दुई महिना अघि नै नियुक्त हुनुपर्नेमा सरकारले अहिलेसम्म नियुक्त गर्न नसकेको भन्दै उहाँले त्यसमा अनेक चलखेल भइराखेको छ भन्नुभयो । सरकार राष्ट्र र जनताको हितविपरित गइराखेको भन्दै दाहालले आफूहरु सत्तारुढ दलहरुको बढाएको विकृति जनतालाई जानकारी दिन अभियानमा निस्किएको बताउनुभयो ।
जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे सरकारले ठुलो मुल्य चुकाउनु पर्ने उहाँको चेतावनी थियो । दाहालले मध्यपहाडी लोकमार्ग माओवादीको पहलमा निर्माण भएको दाबी समेत गर्न भ्याउनुभयो । अभियान अन्तर्गत माओवादी नेता कार्यकर्ता वैतडीबाट डडेल्धुरातर्फ लागेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्