२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली


338
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि महासागरसम्मको सोच जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्वसँग खबरदारी गर्नुभयो । उहाँले हिमालले नै जलवायु सन्तुलन राख्ने र पानीको भण्डारण गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जीवन र विश्व बचाउन शाहसी र एकीकृत दृष्टिकोण चाहिएको बताउनुभयो । हिमालहरू उपयुक्त सम्मानका हकदार रहेको पनि बताउनुभयो । स्वच्छ ऊर्जामा लगानी बढाउनुपर्ने, जलवायु–उत्थानशील बालीहरू बढाउनुपर्नेमा जोड दिनुभयो । जोखिम मूल्याङ्कन बलियो बनाउन विश्वका नेताहरुसँग आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले साझा भविष्य जोगाउन सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।