Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


आगामी आर्थिक वर्षदेखि बीमा क्षेत्रको एकीकृत निर्देशन कार्यान्वयनमा ल्याउँछौं : अध्यक्ष ओझा


533
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताउनुभयो । उहाँले विमक र बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको बताउनुभयो ।

अध्यक्ष ओझाले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गर्नुभयो । उहाँले उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने अपेक्षा राख्नुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

Skip This