१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सडक, पुल र भवन बनाउनु मात्र विकास हो भन्ने सनातनी सोचबाट सरकार मुक्त हुन सकेन : सांसद कार्की


663
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले विकास भनेको सडक, पुल र भवन बनाउने भन्ने परम्परा र सनातनी सोचबाट सरकार मुक्त हुन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामा फरक भएको बताउनुभयो । सरकारले विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने भन्ने उल्लेख गरेपनि निजी क्षेत्रलाई सौतेलो व्यवहार गरिरहेको उहाँको आरोप थियो ।

बजेटका प्राथमिकतामा वैदेशिक रोजगारीको निर्भरता घटाउने भनिरहँदा रुग्ण उद्योगको स्तरोन्नति र नयाँ उद्योग खोल्ने विषय प्राथमिकतामा नपरेकोमा सांसद कार्कीले आपत्ति जनाउनुभयो ।

सांसद कार्कीले दक्ष जनशक्तिलाई स्वदेशमा नै बस्ने वातावरण बनाउन सरकारले प्राथमिकता नदिएको र दलित किशोरीहरुको सुरक्षाको सवालमा सरकार मौन बसेको आरोप लगाउनुभयो ।