१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली


1.183k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले कम्पिटिटिभ र ननडिभिटेबल व्यक्ति आउनुपर्ने बताउनुभयो । योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताउनुभयो । उहाँले देशलाई काम गर्नसक्ने मान्छे भए हुने उहाँको भनाइ छ । टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गर्नुभयो ।