
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रश्तावहरु ल्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताउनुभयो ।
सांसद महतले दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताउनुभयो । उहाँले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ ।
प्रतिक्रिया दिनुहोस्